स्क्रब टाइफसका बिरामी भेटिए

दार्चुला । दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पतालका अनुसार दुई महिला र तीन पुरुषमा सङ्क्रमण देखिएको हो ।

महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक पुरुषमा सङ्क्रमण देखिएको अस्पतालका चिकित्सक गजेन्द्र दुवालले जानकारी दिनुभयो ।

उनीहरुमध्ये एक जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ । एकजनालाई जिल्ला अस्पतालमा नै भर्ना गरिएको छ । अन्यको अवस्था भने सामान्य रहेको छ । स्क्रब टाइफसको जस्तै लक्षण भएका बिरामी अस्पताल आएपछि परीक्षण गरिएको उहाँले बताउनुभयो । यसअघि पनि मालिकार्जुनमा स्क्रब टाइफसको लक्षण देखिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button