कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिनुभयो ।

यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बस्नुभएकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो । शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ । उहाँको आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button