कोरोना सङ्क्रमणबाट नेकपाका नेता चापागाईको निधन

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उहाँ श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना हुनुभएको थियो । उचारका क्रममा आज विहान उहाँकोे निधन भएको अस्पतालले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ८७ उहाँमा भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उहाँ ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य हुनुहुन्थ्यो । कम्युनिष्ट नेता एवं उहाँका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध हुनुभएको हो ।

जिल्ला नेता हरि सापकोटाका अनुसार चापागाईको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ । उहाँकै नेतृत्वमा स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी स्थापना भई हाल नेपालकै उत्कृष्ट सहकारीका रुपमा रहेको छ । नेता चापागाई विसं १९९९ असार १९ गते स्याङ्जाको रामकोटमा जन्मिनुभएको हो । उहाँ विसं २०२४ मा बसाइँसराइ गरी चितवन झर्नुभएको थियो । भतिज शिव चापागाईका अनुसार चापागाईका १०२ वर्षका आमा, श्रीमती, पाँच छोरी, एक छोरा र नातिनातिना रहेका छन् । चापागाईको असामयिक निधनपछि नेकपा चितवनले गहिरो दुःख प्रकट गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button