पोखरामा दाहसंस्कार भइसकेकी महिलामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखरामा दाहसंस्कार भइसकेकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

पोखराको फिस्टेल हस्पिटलको  सधन उपचार कक्षमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएकी पोखरा ५ मालेपाटनकी ४५ वर्षिया महिलाको अन्त्येष्टि पछि आएको स्वाब परीक्षणको नतिजामा  कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले उहाँमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

उहाँको शुक्रबार नै धार्मिक परम्परा अनुसार पोखरा स्थित रामघाटमा दाह संस्कार गरिएको थियो  । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन), सांसद राजिव पहारी, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी, पर्यटन व्यवसायीहरु लगाएत सयौं  शुभचिन्तकहरु रामघाट पुग्नुभएको मृतकका आफन्तले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सभा सांसद रामजी बरालले मृतकमा कोरोना पुष्टि भएपछी आफुँ होम क्वारेन्टिनमा बसिसकेको र ५ दिनपछी स्वाब परीक्षण गराउने जानकारी दिनुभयो ।

सम्बन्धित खबर :पोखरामा फिस्टेलको गम्भीर लापरवाही : दाहसंस्कारमा सहभागी सयौं व्यक्ति कोरोनाको जोखिममा

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button