पोखराबाट लागूऔषध सहित ५ जना पक्राउ

पोखरा । प्रहरीले लागूऔषध सहित पोखरा–१६ को जोगमणीबाट ५ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध बिक्री बितरण गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले सडकमा हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा–१६ निवासीहरु २१ वर्षीय समिर गुरुङ, २१ वर्षीय अथित गुरुङ, २४ वर्षीय मोहित खवास, १८ वर्षीय मनोज विक, ३० वर्षीय कुमार ठकुरी रहेका छन् ।

उनीहरुको साथबाट डाइजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनफ्रिन ७ एम्पुल र गाँजा १ केजी २२३ ग्राम बरामद गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button