प्रदेश नं ५ को नाम लुम्विनी प्रदेश दुई तिहाई भन्दा वढीले पारित

पोखरा न्यूज । प्रदेश नं ५ को सभाले प्रदेशको नाम दुई तिहाई भन्दा वढीले पारित गरेको छ ।

प्रदेश सभाको मंगलवार वसेको वैठकले प्रदेशको नाम टुङ्गाएको हो । प्रदेश सरकारले प्रस्ताव गरेको प्रदेशको नाम लुम्विनीको पक्षमा ७९ मत खसेको थियो भने विपक्षमा ४ मत खसेको सभामुख पुर्ण वहादुर घर्तीले संसदमा घोषणा गर्नु भएको थियो ।

प्रदेश सभाले नाम संगै  प्रदेशको स्थायी राजधानीको नाम समेत टुङ्गो लगाएको छ । प्रदेश सभा वैठकमा भएको मतदानमा ६९ जना सांसदले प्रदेश सरकारले तोकेको दाङको देउखुरीको पक्षमा मतदान गरेका हुन । यो मत दुई तिहाई भन्दा वढी हो  ।

स्थायी राजधानी तोक्ने विषयमा संसदमा भएको मतदानमा विपक्षमा १३ मत खसेको थियो । संसदमा रहेको विपक्षी दल नेपाली काँग्रेसले विपक्षमा मतदान गर्न व्हिप जारी गरेको भए पनि ५ जना साँसदले पक्षमा मतदान गरेका थिए ।

संसदमा रहेका ८५ साँसद मध्ये ८३ जना उपस्थित रहेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button