पोखरामा फेरी थपिए ४५ कोरोना संक्रमित

गण्डकीमा संक्रमित ११ हजार नाघे

पोखरा न्यूज। पोखरामा आइतबार दिउसो थप ४५* जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ४५ र अन्नपूर्ण गाउँपालिका १ गरी कास्कीमा ४६  सहित तनहुँका १ जना  र पर्वतका २ जना गरी प्रदेशका ३ जिल्लामा थप ४९  जनामा कोरोना भाइरस देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, ६ का १ पुरुष, ७ का १ पुरुष, ८ का ३ पुरुष तथा १ महिला, ९ का १ पुरुष , ११ का १ पुरुष, १२ का १ पुरुष, १३ का १ पुरुष, १५ का १ महिला, १९ का १ पुरुष, २४ का १ पुरुष, २६ का ३ पुरुष, २७ का ८ पुरुष तथा ३ महिला, २९ का ६ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै पोखरा ३१ का २ पुरुष, ३२ का २ पुरुष, ३३ का १ पुरुष, त्यस्तै पोखरा महानगरपालिका वडा नखुलेका १ महिला, र अन्नपूर्ण गाउँपालिका-४ का १ पुरुष, पर्वत जिल्ला फलेवासका १ पुरुष तथा १ महिला, तनहुँ शुक्ला गण्डकीका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयको जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६ पुगेको छ । यस अघि आजे बिहान पोखरामा १९ कोरोना संक्रमित थपिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button