श्रीमतीको हत्या मुद्धाका फरार प्रतिवादी पक्राउ

पोखरा न्यूज । श्रीमतीको हत्या गरी फरार रहेका तेह्रथुम जिल्लाकाे छथर गाउँपालिका-१ का ५२ बर्षीय तेन्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

यही फागुन ३ गते सामान्य घरायसी बादविवादको बिषयलाई लिएर झै-झगडा हुँदा कुटपिट गरेर ५६ बर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरी फरार रहेका शेर्पालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले फागुन-९ गते झापाको काकडभिट्टाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button