देश्ना स्मृति कपः ब्रदरवुड र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने

पोखरा न्यूज । पोखरा-१ पुरानो  टुँडिखेलमा जारी ‘ दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ मा ब्रदरवुड भेट्रान्स र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने भएको छ ।

सेमीफाईनल खेलबाट विजयी बनेको दुई टिम शनिबार पुरानो टुँडिखेलमा दिउँसो १ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो सेमीफाईनल खेलमा सँगम एफसीलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

उक्त खेलमा म्यान अफ द म्याच बनेका मनोज गुरुङले ४ गोलको योगदान दिए भने दीपक क्षेत्रीले १ गोल गरे । यता सँगम एफसीका लागि हरी लामाले १ सान्त्वना गोल फर्काए ।

त्यस्तै अर्काे सेमीफाईनल खेलमा भ्याली स्पोर्टस्लाई गार्डेन एफसीले १-० गोलले पराजित गर्दै उपाधि नजिक पुग्यो । गार्डेनका जीतमा सन्तोष कार्कीले निर्णायक गोलको योगदान दिए । उक्त खेलबाट गार्डेनका मन बहादुर गुरुङ म्यान अफ द म्याचको पुरस्कारको हकदार बने ।

कूल १८ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ७० हजार प्रदान गरिनेछ । त्यस्तै उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ४० हजार प्रदान गरिने बताइएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button