स्माट सिटीका काम अगाडि वढेका छन -मन्त्री साह

पोखरा न्यूज संवाददाता । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडि बढाइरहेको बताउनुभएको छ ।

सोमबार शहरी विकास मन्त्रालयमा काठमाडौंमा बन्दै गरेका तीन स्मार्ट सिटीको बारेमा जानकारी दिन आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री साहले काठमाडौंमा बन्ने ४ स्मार्ट सिटीमध्ये ३ वटा स्मार्ट सिटीको काम अगाडि बढेको भन्दै काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई पनि सँगै लान खोजिएको बताउनुभएको हो ।

काठमाडौं भित्र र काठमाडौं बाहिरका स्मार्ट सिटीलाई समानान्तर ढंगले अगाडि बढाइरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘काठमाडौंमा ४ वटा स्मार्ट सिटी प्रस्तावित गरेका छौँ । जसमा ३ वटा त अगाडि नै बढीसकेको हामी हेरिरहेका छौँ । काठमाडौं बाहिरका पनि स्मार्ट सिटीहरुलाई हामी सँगै लान खोजिरहेका छौँ ।

काठमाडौं भित्रका स्मार्ट सिटी र काठमाडौं बाहिरका स्मार्ट सिटी दुईवटैलाई हामी समानान्तर ढंगले नै अगाडि बढाइरहेका छौँ । भन्नलाई मात्रै स्मार्ट सिटी होइन, देख्नलाई पनि स्मार्ट सिटी । भन्नलाई त हामी सबै चुनावको बेला भन्यौ स्थानीय तहदेखी लिएर सबै तहमा हामी स्मार्ट सिटी बनाउँदैछौ भन्ने चर्चा व्यापक भइरहेकै खण्डमा अब यो चर्चाको विषय हुनुहुदैन । हेर्ने विषय र व्यवहारतः हामी लागु गर्ने विषय बनाउनुपर्छ भन्ने दिशामा मन्त्रालय अगाडि बढेको छ । बाहिरको पनि दशवटा स्मार्ट सिटीको काम अगाडि बढाइरहेका छौँ । र काठमाडौंमा ३ वटा शहरको काम अगाडि बढेको छ ।’

मन्त्री साहले काठमाडौँ उपत्यका देशको मुटु भएकाले यहाँको बसोबास र भौतिक पूर्वाधारको स्तर देशको मान र सम्मानसँग जोडिने भएकाले नेपाललाई विश्वमा प्रतिस्पर्धा गर्न सकिन्छ सकिन्न र हाम्रा सिटीहरु कुन स्थानमा रहन्छन् भन्नेतर्फ मन्त्रालयले सोचेको पनि बताउनुभयो । काठमाडौंको भद्रगोल शहरीकरणलाई योजनाबद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रुपमा स्मार्ट सिटी निर्माण कार्य गरिदै गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘काठमाडौं नेपालको मुटु हो र यहाँको बसोबास, यहाँको भौतिक पूर्वाधारको स्तरले हाम्रो देशको सम्मान र मानसँग जोडिएको छ ।

त्यसैले अब हुने नयाँ प्लानिङहरु त्यो उचाइलाई छुन्छ कि छुदैँन, जुन ढंगले विश्वको कम्पिटिशन छ र हाम्रा नेपालीहरु विकसित देशतिर अग्रसर छ । विकसित देशतिर अग्रसर भइरहेको खण्डमा हामी नेपाललाई त्यो उचाइ दिन प्रेरित गरिरहेका छौँ । त्यो लेभलमा उठाउन अहिले अगाडि सारिएको प्रोजेक्ट त्यो उचाइमा छुन्छ कि छुदैन । विश्वको जो प्रतिस्पर्धा छ त्यसमा हाम्रा सिटीहरुले कुन स्थानमा रहन्छ त हाम्रा सिटीका व्यवस्थापन ? त्यो हाइटबाट सोचिरहेका छौँ । काठमाडौंमा आफ्नै ढंगले शहरीकरण भइरहेको छ । त्यो भद्रगोल शहरीकरणलाई एउटा योजनावद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रुपमा यसलाई बुझ्न जरुरी छ ।’

उहाँले स्मार्ट सिटी बनाउने काम छिटो गर्नुपर्ने र छिटो बनाउने नाममा कानुन विपरित गर्नु नहुनेमा जोड दिनुभयो । स्मार्ट सिटी आम देशबासीको सम्मानसँग जोडिएको महत्वाकांक्षी योजना भएको भन्दै यसलाई सबैको सरोकार जोड्ने गरी अगाडि बढाउने पनि मन्त्री साहले बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button