प्रतिनिधि सभाको बैठक व्यवस्थित गर्न सभामुखले थाले दलका नेतासंग परामर्श

पोखरा न्यूज संवाददाता । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे राजनीतिक दलका नेताहरुसंग परामर्श गर्ने बताउनुभएको छ ।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित संसद बैठककक्षको अवलोकन पछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले भोलि बुधबारदेखि नै दलका नेताहरुसंग छलफल शुरु गर्ने बताउनुभएको हो । संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ । सत्तारुढदल भित्र देखिएको आन्तरिक किचलोका कारण बैठक सञ्चालन कुन ढंगले अघि बढ्ने हो भन्ने सर्वत्र चासो भईरहेका बेला सभामुख सापकोटाले बैठकका एजेण्डा बारे दलहरुसंग छलफल गर्ने बताउनुभएको हो । उहाँले बैठक सञ्चालनको तयारी चुस्तदुरुस्त भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो “स्वभाविक लयमै अधिवेशन चलाउनुपर्छ भन्ने ढंगले हामी तयारी गर्दैछौ । अहिले महासचिवदेखि सचिवालयका सचिवहरु, सबै कर्मचारीहरु पनि बडो उत्साहका रुपमा खटिराख्नुभएको छ । किनभने केही समय अवरुद्ध हुँदा कताकता खल्लो खल्लो भएको थियो अहिले सबै उत्साहीत हुनुुहुन्छ । संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सबै पक्षसंग, पार्टीका नेताहरुसंग, कार्यव्यस्था परामर्श समिति पनि छ , सबैसंग विचार, विमर्श,परामर्श गर्दैछु भोलिदेखि तालिकाबद्ध रुपमा ।’

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button