पोखरामा ३६ जनासहित गण्डकीमा थप ४० जनामा कोरोना संक्रमण

पोखरा न्यूज । कास्की जिल्लाको पोखरा महानगरपालिकामा ३६ जनासहित गण्डकी प्रदेशमा थप ४० जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बाग्लुङमा ३ जना र म्याग्दीमा १ जनामा पनि संक्रमण देखिएको छ । प्रदेशमा संक्रमितहरुको संख्या १६ हजार ८६८ पुगेको छ ।

पोखरा महानगरपालिकाको वडा नं २ मा १ जना महिला र ३ जना पुरुष, वडा नं ५ मा १ जना पुरुष, वडा नं ६ मा २ जना पुरुष, वडा नं ८ मा १ जना महिला र २ जना पुरुष, वडा नं ९ मा २ जना महिला र २ जना पुरुष, वडा नं १० मा २ जना पुरुष र १ जना महिला, वडा नं ११ मा १ जना महिला र २ जना पुरुष, वडा नं १२ मा २ जना पुरुष, वडा नं १४ मा १ जना महिला, वडा नं १५ मा १ जना महिला र १ जना पुरुष, वडा नं १६ मा १ जना महिला र १ जना पुरुष, वडा नं १७ मा १ जना महिला, वडा नं १९ मा १ जना पुरुष, वडा नं २० मा १ जना महिलामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी वडा नं २३ मा १ जना पुरुष, वडा नं २६ मा १ जना पुरुष, वडा नं २९ मा २ जना महिला र १ जना पुरुष, वडा नं ३२ मा १ जना महिला, बाग्लुङ नगरपालिकाको वडा नं १ मा १ जना महिला र २ जना पुरुष तथा म्याग्दीको जलजला गाँउपालिकाको वडा नं ७ मा १ जना महिलामा संक्रमण देखिएको हो । ३० जना संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान हुनुभएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । उहाँहरुको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको हो । त्यसैगरी १० जना संक्रमितहरुको लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परिक्षणबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गरिने पनि डा शर्माले बताउनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button