गण्डकी प्रदेश खेलकूद परिषदले पायो पूर्णता, सदस्यसहित जिल्ला अध्यक्ष र सचिवमा को को परे ?

पोखरा न्यूज । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश खेलकुद परिषद् लाई पूर्णता दिए सँगै परिषद्को उपाध्यक्षमा नारायण पुन मनोनीत भएका छन् ।

प्रदेश सरकारबाट परिषदमा मनोनीत परिषद् सदस्यमा गिरमान गुरुङ, वासु बराल, दिल बहादुर गुरुङ, राम चन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापा मगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, ज्ञान बहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, वसन्त दवाडी, ऋषि गौतम, निर्मला बराल र केशव पाठक रहेका छन् ।

त्यसै गरी कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा तोरण बहादुर बानियाँ मनोनीत भएका छन् भने उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भीम पराजुली, कोषाध्यक्षमा कन्चन थापा (कोइराला)लाई मनोनयन गरिएको छ । स्याङ्जा जिल्लाको अध्यक्षमा गिरी प्रसाद गुरुङ र सचिवमा शीतल जङ्ग केसी मनोनयन भएका छन् ।

तनहुँ जिल्लाको अध्यक्षमा अनिल पाण्डे र सचिवमा तुलसीराम पाण्डे, लमजुङ जिल्लाको अध्यक्षमा योग बहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुर जिल्लाको अध्यक्षमा सेत बहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङ जिल्लाको अध्यक्षमा चिन बहादुर घले र सचिवमा नवराज गुरुङ रहेका छन् ।

त्यसै गरी गोरखा जिल्लाको अध्यक्षमा शान्ता सिंह बस्नेत र सचिवमा हिरालाल श्रेष्ठ, मुस्ताङ जिल्लाको अध्यक्षमा मीन कुमार शेरचन र सचिवमा विनोद वि.सी, म्याग्दी जिल्लाको अध्यक्षमा दिनेश खत्री र सचिवमा तारामान रोक्का, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ र सचिवमा अदित गुरुङ र बागलुङ जिल्लाको अध्यक्षमा कुमार खडका र उपाध्यक्षमा लोकेन्द्र केसी मनोनीत भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button