सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कोसिसः मन्त्री ज्ञवाली

कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरु गराउन प्रयास

पाेखरा न्यूज सम्वाददाता । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभएकाे छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेकाे महाधिवेशन आयोजक कमिटीको बैठक पछि पत्रकारसँग कुरा गर्दै सरकारकाे मन्त्री समेत रहनुभएका प्रवक्ता ज्ञवालीले कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयास भइरहेको भन्दै त्यसबारेमा आवश्यक जानकारी लिइरहेको जानकारी दिनुभएकाे छ ।

त्यसैगरी एमाले नेता माधव कुमार नेपाल सहितका नेताहरुलाई सोधिएको स्पष्टिकरणको सम्बन्धमा उपयुक्त समयमा निर्णय गरिने पनि उहाँकाे भनाइ छ । त्यसबारे पत्रकारहरुले साेधेकाे प्रश्नमा उहाँले भन्नुहुन्छ ‘त्यसको बारेमा पनि अलिकति जानकारी गराउनुभयो प्रधानमन्त्रीले । अस्ति नै बैठकले त्यस बारेमा छलफल गरेर प्रस्ताव तयार गर्नको निम्ति स्थायी कमिटीलाई भनेको हुनाले आवश्यक निर्णय चाहिं आगामी दिनमा हुँदै जानेछन् । अलिकति स्थितिको हामीले समिक्षा गर्‍यौँ । अहिले अविश्वासको प्रस्ताव त्याउने कोसिसहरु पनि भइरहेको छ । प्रतिपक्षले ल्याउने कुरा त धेरै ठूलो कुरा भएन । तर कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरु गराउन पनि प्रयासहरु हुँदै गरेका त्यस्ता प्रयासहरु पनि छन्, तिनीहरुको बारेमा हामीले आवश्यक जानकारीहरु लिइरहेका छौँ आवश्यक निर्णयहरु पछाडि उपयुक्त समयमा गरिनेछ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button