माधव नेपाल भन्छन्- अहिलेसम्म कुनै सहमति भएको छैन

पोखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधव कुमार नेपालले अहिलेसम्म पार्टीमा कुनै सहमति नभएकाे बताउनु भएकाे छ । सामाजिक सजालमा उहाँले हामी एकतावद्ध एमाले चाहन्छौं भन्दै सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्नुभएकाे छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताहरुबीच विवाद बढ्दै गएकाे भए पनि शीर्ष नेताकाहरु सम्वादमा रहेकाे भनिएका बेला नेता नेपालकाे यस्ताे भनाइ बाहिरिएकाे हाे ।

दाेस्राे तहका नेताहरुवीच हिजाे र आज सम्वाद भइरहेकाे बताइएकाे छ । आज उहाँले सामाजिक संजाल फेसबुक मार्फत यस्तो धारणा सार्वजनि गर्नुभएको हो ।

नेता नेपालकाे भनाइ यस्ताे छः

हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button