तीज गीत ‘टुहुरो’ सार्वजनिक (भिडियो सहित)

राजाराम पौडेल । डिजिटल स्टार पोखराको प्रस्तुतिमा तयार भएको तीज गीत ‘टुहुरो’ सार्वजनिक भएको छ । गीतमा नवराज अधिकारी, सरला अधिकारी, प्रिन्स लम्साल, लक्ष्मी भट्ट अधिकारीको आवाज सुन्न पाइन्छ ।

गीतको शब्द सिर्जना नवराज अधिकारी र प्रेमराज अधिकारीले संयुक्त रुपमा गर्नुभएको हो । रमेश परियारको लयमा बनेको गीतलाई तारानाथ आचार्यले एरेन्ज गर्नुभएको हो । डिजिटल स्टार स्टुडियोमा समिर रामदामले रेर्कड गर्नुभएको गीत स्टुडियो मालश्रीका खड्क बाजुरालीको मिक्सिङमा तयार भएको छ ।

समसामयिक विषयवस्तुमा आधारित गीतलाई आर्कषक बनाउन म्युजिक भिडियोले झनै सघाएको छ । भिडियोमा प्रेमराज अधिकारी, रिया खड्का, प्रिन्स लम्साल, माया गिरी, लक्ष्मी देवकोटा खड्का, भानु पौडेलको जीवन्त अभिनय हेर्न पाइन्छ । कलाकारलाई परिपक्क देखाउन विनिता पौडेल सुवेदीको श्रृगारले झनै सघाएको छ । शिव राजा भुर्तेलको छायाकंन, समिर रामदामको सम्पादन तथा रंग संयोजन रहेकोे भिडियोको निर्देशन तारानाथ आचार्यले गर्नुभएको हो ।

भिडियो डिजिटल स्टार युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । कोरोना संक्रमणका कारण आमालाई गुमाउनु परेको पीडालाई गीत मार्फत प्रस्तुत गर्न खोजिएको छ । भिडियोमा समावेश कारुणिक दृश्यले अहिलेको अवस्थामा धेरै परिवारमा परेको पिडालाई झल्काएको छ ।
भिडियो लिंकः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button