केशव घिमिरेको ‘घरमै बस’ तीज गीत सार्वजनिक

राजाराम पौडेल । लोक दोहोरी गायक केशव घिमिरेले ‘घरमै बस’ बोलको तीज गीत दर्शक श्रोतामाझ पस्कनुभएको छ । घिमिरेले नै शब्द तथा लय सिर्जना गरेको गीतमा आवाजमा यशोदा कार्कीले साथ दिनुभएको छ ।

नमस्ते पोखरा बोर्डकास्टिङ स्टुडियोमा रेर्कड भएको गीतलाई साहिल गायकले रेकर्ड गर्नुभएको हो । गीतको एरेन्ज तथा मिक्सिङको काम दिवस थापा मगरले गर्नुभएको छ ।

गीतको भिडियोलाई समेत मजबुत बनाउन खोजिएको छ । गणेश सापकोटाको छायांकन, सुवास अम्गाईको सम्पादन तथा फलानो कृयसनको दृश्य निर्माणमा भिडियो तयार भएको हो ।

भिडियोलाई केशब घिमिरे आफैले निर्देशन गर्नुभएको छ । गीतको उत्पादक तथा वितरक चन्दन डिजिटल म्युजिक प्रा.लि रहेको छ । म्युजिक भिडियोमा घिमिरेसँगै संगीता सुवेदी, विकास कार्कीको अभिनय हेर्न पाइन्छ । गीत चन्दन म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

समसामयिक विषयवस्तुलाई विशेष महत्वका साथ उठाइएको सो गीत मार्फत कोभिड १९ ले पारेको प्रभावलाई उजागर गर्न खोजिएको छ ।

पर्वतको कार्कीनेटामा जन्मिनुभएका घिमिरे युवा व्यवसायी समेत हुनुहुन्छ । उहाँ झण्डै २० बर्षदेखि पोखरामा नै बसेर सांगीतिक क्षेत्र र ब्यबसायमा निरन्तर लागिरहनुभएको छ । उहाँले हालसम्म १ सय ५० भन्दा बढी गीत बजारमा ल्याइसक्नुभएको छ ।

भिडियो लिंकः

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button