अम्बिका भण्डारीको तीज गीत ‘अपार’ सार्वजनिक

राजाराम पौडेल । कवि एवं गायिका अम्बिका भण्डारीको नयाँ तीज गीत ‘अपार’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन भण्डारीले नै गरेको गीतमा भण्डारीसँगै गायत्री पराजुलीको आवाज सुन्न पाइन्छ । गीतलाई जुजु गुरुङले एरेन्ज गर्नुभएको हो । गीतको रेकर्डिङ, उत्पादन र वितरणको जिम्मा पाएको नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो पोखराले आफ्नै अफिसियल युट्युब मार्फत गीतलाई सार्वजनिक गरेको छ ।

गीतको भिडियोमा करुणा भण्डारी, भावना पन्त, स्वेच्छा सुवेदी, इन्दिरा शर्माको नृत्य हेर्न पाइन्छ । यसैगरी कलाकार प्रमिला तुलाचन, बुद्धिसागर खनाल, विनित जोजिजू, शिव त्रिपाठी, केशव भण्डारी, गोमा सोती, शुभद्रा कोईराला, लोकराज भण्डारी, लक्ष्मी कार्की आदि कलाकारको अभिनय भिडियोमा हेर्न पाइन्छ । शिव राजा भुर्तेलको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोको छायाकंन सुरेश भुर्तेलले गर्नुभएको हो । कलाकारलाई आर्कषक बनाउन सुनिता अधिकारीले मेहनत गर्नुभएको छ ।

सप्तरंगी साहित्यिक प्रतिष्ठान नेपाल गण्डकी प्रदेश अध्यक्ष समेत रहनुभएकी भण्डारीले केही दिनअगाडि विमला ढुंगाना निरौलासँगको सहकार्यमा ‘प्रवासमा चेली’ बोलको तीज गीत दर्शक श्रोता माझ पस्कनुभएको थियो ।

उहाँका संसार छाडी गयौं आमा, आऊ नाचौं दिदी बहिनी, खुसी राख्छौं बाबा तिम्लाई, नभइदे न मेरो मन दुःखी बरी लै, माइती देशै झलल, हाम्रो माइती घर, फूल फूल्यो, आँठा आँठा छेकेर, उही बनपाखामा आदि गीत दर्शक श्रोतामाझ आइसकेका छन् । उहाँले ३ कक्षामा पढ्दादेखि नै मुक्तक लेख्न शुरु गर्नुभएको थियो । उहाँका मुक्तक र काव्यका ४ कृति प्रकाशित भइसकेका छन् । औपचारिक रुपमा २०६७ मा लोक ‘छन्दका फुलहरु’ नामक कविता संग्रह निकाल्नुभएकी अम्बिकाले २०६८ मा दोस्रो कृतिको रुपमा ‘आफ्नो गाउँ आफ्नै हुन्छ’ खण्डकाव्य पाठक समक्ष पस्कनु भएको थियो ।

अली मियाँ लोक वाङमय प्रतिभा पुरस्कारबाट सम्मानित समेत भइसक्नु भएकी उहाँले राष्ट्रप्रेम तथा विभिन्न विकृति विसंगतिमा आधारित रहेर ‘तेस्रो पाइला’ नामक कविता संग्रह समेत निकाल्नुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ ठूलाचौरमा जन्मिनुभएकी अम्बिका नारी प्रतिभा वाङ्मय प्रतिष्ठान सहितका बिभिन्न संस्थामा आवद्ध हुनुहुन्छ ।

भिडिया लिंकः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button