कास्कीमा ३२ वर्षीय युवक मृत फेला

पोखरा न्यूज । कास्कीमा बुधबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

खोटाङ मझुवा गढी नगरपालिका-१२ घर भई अन्नपूर्ण गाउँपालिका ११ छुम्रुङ बस्ने ३२ वर्षीय ललित राई बुधबार साँझ मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका-११ को पल्लो सिनवास्थित घान्द्रुकबाट अन्नपूर्ण बेस क्याम्प जाने बाटोमा राई मृत भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button