कास्कीसहित गण्डकीमा १७० जनामा काेराेना संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ३६ जना पुरुष तथा ३७ जना महिला गरी ७३  जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९४८ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १७० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ७३ सहित म्याग्दीका ७ जना, गाेरखाका ३० जना,  तनहुँका ६ जना,  स्याङ्जाका १५ जना र नवलपुरका ३९ जना गरी प्रदेशका ६ जिल्लामा गरी ८९ पुरुष तथा ८१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार २७८ पुगेको छ। पछिल्लो २४ घण्टामा ३०३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७६ हजार ७०३ पुगेको छ ।

गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २९३ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button