|प्रतिनिधिमूलक तस्बिर
पोखरा न्यूज । आज बुधबार बिहान पोखरा काठमाडौं लगायतका स्थानमा आकाशमा बदली छ ।
जसकारण घाम झुल्किन सकेको छैन । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनी वायु र स्थानीय वायुको प्रभावका कारण यस्तो भएको हो । दिउँसो केही स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा वर्षाको आँकलन गरिएको छ ।
गण्डकी प्रदेश सँगै बागमती, प्रदेश १, २ र लुम्बिनीमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुनसक्ने ठानिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution