आज सलमानको जन्मदिन : यी हुन् रोचक किस्सा

पाेखरा न्यूज । बलिउडका दिग्गज अभिनेता सलमान खानलाई पहिचानको आवश्यकता छैन । बलिउडका बिग बजेटको फिल्म भन्नासाथ सलमानको नाम छुट्दैन । सलमान अभिनयका अलावा गायनमा पनि उत्तिकै मोह राख्नुहुन्छ ।

उहाँको जन्म डिसेम्बर २७, १९६५ मा प्रख्यात कलाकार तथा लेखक सलीम खानको घरमा भएको हो । सलमानले कैयौं सफल फिल्म निर्माण गर्नुभएकाे छ । फिल्मबाहेक सलमान निजी जीवनका कारण पनि चर्चामा आउनुहुन्छ । यहाँ सलमानको बारेमा नसुनिएका केही रोचक कुरा प्रस्तुत छन्-

सलमान पछिल्लो २० वर्षदेखि कुनै पनि होटलको प्रमुख ढोकाबाट भित्र प्रवेश गर्नुभएकाे छैन । यो कुराको खुलासा उहाँले कपिल शर्मा शोमा गर्नुभएकाे हाे । उहाँका अनुसार २० वर्ष यता उहाँ कुनै होटल र रेष्टुरेन्टमा जानुभएकाे छैन ।

उहाँ होटलमा जानुपर्ने अवस्था आएमा होटलको पछाडिको बाटो, किचनको बाटो, सर्भिस लिफ्ट या अन्य कुनै बाटोबाट जानुहुन्छ । सलमान किचनको बाटो जान रुचाउनुहुन्छ किनकी भोक लागेको अवस्थामा उहाँले त्यहाँ खाना खान पाउनुहन्छ ।

सलमानले सन् १९८८ मा फिल्म ‘बीबी हो तो ऐसी’बाट बलिउडमा डेब्यू गर्नुभएकाे हाे । यो फिल्ममा उहाँले सहकलाकारको भूमिका निर्वाह गर्नुभएकाे थियाे । उहाँलाई सुपरस्टार बनाउने काम सुरज बडजात्याको फिल्म ‘मैने प्यार किया’ले गर्‍याे । सन् १९८९ को यो फिल्म सुपरहिट भएको थियो ।

यसपछि उनले ‘बागी’, ‘पत्थर के फूल’, ‘सनम बेवफा’, ‘साजन’, ‘हम आपके हैं कौन’, ‘जुडवा’, ‘वान्टेड’, ‘बजरंगी भाईजान’ र ‘एक था टाइगर’ जस्ता हिट फिल्ममा अभिनय गर्नुभयाे । सन् २०१० पछि सलमानको मुख्य भूमिकामा अभिनय रहेको फिल्मले बक्सअफिसमा सय करोड बढी कलेक्सन गरिरहेका छन् । केही फिल्म दुई सय र तीन सय करोड क्लबमा पनि प्रवेश गरेका छन् ।

सलमान हरेक वर्ष आफ्नो जन्मदिन फार्महाउस पनवेलमा परिवारका साथ मनाउनुहुन्छ । केक काट्न मन नपराउने सलमानको जन्मदिनमा केक उहाँका भतिजले काट्नुहुन्छ । सलमान उहाँबाहेक अरुले आमा सलमा र हेलनलाई छोएको मनपराउनु हुँदैन । उहाँका साथीहरु पनि टाढैबाट अंगालो मार्नुहुन्छ । सलमानका भाइ अरबाज र सोहेल पनि नजिक जान डरानु हुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button