गम्भीर रोगबाट पीडित बलिउड कलाकार

पाेखरा न्यूज । बलिउडका कलाकार फिल्मको पर्दा वा फिल्म बाहिर जति हंसमुख देखिन्छन्, भित्र उनीहरूको पीडा अर्कै छ । लामो समयसम्म सुटिङ गर्ने र जिममा लगातार पसिना बगाउने यी कलाकारहरू लामो समयदेखि गम्भीर रोगबाट पीडित छन् ।

उनीहरूमा लागेको रोगबारे कमै दर्शकलाई थाहा होला । बलिउडका पाँच कलाकारहरू यस्तै गम्भीर रोगबाट पीडित छन् । अभिनेत्री सोनम कपुर डायबिटीजबाट पीडित हुनुहुन्छ । युवा अवस्थादेखि नै सोनम यो रोगसँग जुधिरहनु भएकाे छ। त्यहीकारण आफूलाई फिट बनाउन उहाँ योगाका अलावा मेडिकेसन गरिरहनु भएकाे छ ।

‘देशी गर्ल’ प्रियंका चोपडा पाँच वर्षको उमेरबाटै दमबाट पीडित हुनुहुन्छ । उहाँले सामाजिक सञ्जालबाट आफ्नो रोगबारे खुलासा गरिसक्नुभएकाे छ ।

‘दबंग खान’ सलमान पनि गम्भीर बिरामीसँग जुधिरहनु भएकाे छ । उहाँलाई ट्राइजेमिनल न्यूरेल्जिया छ । यो रोगले बिरामीको नशामा असहनीय पीडा दिन्छ । जसकारण अनुहारदेखि दिमागसम्म दुखाइ हुन्छ ।

एक्सन हिरो अजय देवगनलाई टेनिस एल्बो छ । कैयौं पटक सुटिङको समयमा उहाँले यसको दुखाइको सामना गर्नुभएकाे छ । यहीकारण उहाँले कतिपय अवस्थामा सुटिङसमेत गर्न पाउनु भएकाे छैन ।

अभिनेत्री अनुष्का शर्मा बल्जिंग डिस्कबाट पीडित हुनुहुन्छ । यो हड्डी सम्बन्धीको रोग हो । यसमा दुखाइको पीडा हड्डीबाट सुरु हुन्छ र विस्तारै शरीरका विभिन्न अंगमा पुग्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button