केटीको बीयर क्यान ब्रा भाइरल

पाेखरा न्यूज । अमेरिकी गायिका केटी पेरी आफ्नो क्रिएटिभ आउटफिट्सले फ्यानलाई आफूतिर आकर्षित गर्न कहिल्यै पछि पर्नुभएकाे छैन । उहाँले हालैमात्र लसभेगासमा प्ले रेजिडेन्सीको ओपनिङ नाइटमा यस्तै एक पहिरन लगाउनु भयाे, जुन पहिरनले सबैको ध्यान तान्यो ।

केटीले बीयर क्यानबाट बनेको ब्रा लगाएपछि त्यो ब्राले सबैको ध्यान खिचेको थियो । आफ्नो यो वाइल्ड आउटफिटमा केरी निकै ग्ल्यामर देखिनुभएकाे थियाे । निकै प्रयोगात्मक यो पहिरन उहाँका फ्यानले सामाजिक सञ्जालमा भाइरल नै बनाएका छन् । उहाँहरुले गायिकाको लुक्सको पनि प्रशंसा गरेका छन् ।

केटीको लुक जति धमाकेदार थियो, उहाँको स्टेज प्रस्तुति पनि उत्तिकै सानदार थियो । केटी सिल्भर सिक्वेन मिनी पहिरनमा हुनुहन्थ्याे । ब्राको टुप्पोमा दुई बीयर क्यान जडान गरिएको थियो ।

आफ्नो ९० मिनेटको प्रस्तुतिमा केटी म्याजिकल ब्रा क्यानबाट बीयर निकालेर ग्लास भर्नुभएकाे थियाे । स्टेजमा केटीको अगाडि एक ठूलो मास्क राखिएको थियो । जुन मास्कसँग उनले गफ गर्नुभएकाे थियाे । उहाँको यो शो निकै रंगीन देखिएको थियो ।

केटीको शोमा एक ठूलो बीयर क्यानको सेट बनाइएको थियो । जसमाथि बसेर केटीले प्रस्तुति दिनुभएकाे थियाे । उहाँले शोमा मसरुम जस्तो गेटअप पनि बनाउनु भएकाे थियाे । मसरुम क्राउन जस्तो क्याप, रेड आउटफिट र रेड बुटले उनी निकै सुन्दर देखिनु भएकाे थियाे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button