स्याङ्जाबाट बेहुली लिन हिडेको बेहुला सवार कार पोखरामा दुर्घटना

पोखरा न्यूज । पोखरामा बेहुला चढेको कार दुर्घटना परेको छ । स्याङ्जाबाट नवलपुरको गैंडाकोट बेहुली लिन हिडेको ग २ च ८५५२ नं.को कार पोखराको तालचोक सडकखण्डमा दुर्घटनामा परेको हो ।

बिहान ९:५० बजेको समयमा पोखरातर्फबाट एकै दिशामा जाँदै गरेका कार र ग २ च ३११७ नं. को जीप ठक्कर खाँदा दुर्घटनामा भएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । कारमा सवार  आँधिखोला ३ का बेहुला २८ वर्षीय दीपक खत्री, कार चालक  ३६ वर्षीय डिल्लीराम सुवेदीसहित बेहुलाका बुवा र  दिदीबहिनी सबै सकुशल छन् ।

प्रत्यक्षदर्शीले  जीपले अगाडिको कारलाई पछाडिबाट ठक्कर दिएको बताएका छन् । घटनास्थलमा रहेका ट्राफिक प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार दुवै सवारी नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button