स्याङ्जामा जीप दुर्घटना, दुई जनाको मृत्यु

पोखरा न्यूज । स्याङ्जामा शनिबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

स्याङ्जा विरुवा  ३ धोवादीस्थित भित्री सडक खण्डमा विरूवाबाट खाली तर्फ जाँदै गरेको ग१ज५९३९ नम्बरको जीप सडकदेखि अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा दुई  जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा बिरुवा ३ खाली बस्ने २६ वर्षीय जीप चालक बेल बहादुर थापा र जिपमा सवार यात्रु सोही ठाँउका ३२ वर्षीय भेष बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनाको खबर पाएपछि पुगेको प्रहरी अधिकृत सहितको टोलीले घटनास्थलमा उनीहरुलाई मृत अवस्थामा उद्दार गरेको हो ।  मृतकको  शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button