जाह्नवीलाई डाक्टर बनाउन चाहन्थिइन् श्रीदेवी

काठमाडौं । बलिउड अभिनेत्री जाह्नवी कपूर आइतबार मार्च ६ मा आफ्नो जन्मदिन मनाउँदै हुनुहुन्छ । फिल्म ‘धडक’बाट बलिउडमा पाइला चाल्नुभएकी जाह्नवीले त्यसपछि कैयौं फिल्ममा अभिनय गर्नुभएकाे छ ।

सामाजिक सञ्जालमा जाह्नवीको राम्रो फ्यान फलोइङ छ । उहाँको सरलपन र बोल्डनेस दुवैले उहाँका फ्यान प्रभावित छन् । जाह्नवी बलिउडमा आमा जस्तै सुपरस्टार बन्न चाहनु हुन्छ । तर, श्रीदेवी छोरीलाई अभिनयमा भन्दा पनि डाक्टर बनेको हेर्न चाहनु हुन्थ्याे ।

जाह्नवीका पिता बोनी कपूरले कहिल्यै पनि छोरीका सपनालाई रोक्ने काम गर्नुभएन । तर, आमा श्रीदेवी भने छोरीले फिल्मलाई भन्दा पनि पढाईलाई ध्यान दिउन् भन्ने चाहनुहुन्थ्याे । श्रीदेवीको चाहना छोरीलाई एउटा असल डाक्टर बनेको हेर्ने थियो ।

तर, जाह्नवी भने आमा श्रीदेवीको जस्तै कैयौं सुपरहिट फिल्म दिएर बलिउडको सुपरस्टार बन्ने सपना थियो । यो उहाँको बाल्यकालदेखि कै सपना र चाहना थियो । जाह्नवीले ‘धडक’बाट अभिनयमा पाइला चाले पनि त्यो अभिनय उहाँकी आमाले हेर्न पाउनु भएन । किनकि फिल्म रिलिजअघि नै श्रीदेवीको निधन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button