सुनको मूल्य हालसम्मकै उच्च

पोखरा । सुनको भाउले नयाँ रेकर्ड कायम गरेर मूल्य हालसम्मकै उच्च रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

आज मूल्यले गत कात्तिक ११ गतेको उच्च रेकर्ड तोडेको हो ।

११ कात्तिकमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार नयाँ रेकर्ड कायम भएको हो ।

११ कात्तिकमा छापावाला सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ५०० रुपैयाँ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button