पोखरा । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । निममले पेट्रोल दुई रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर चार रुपैयाँ घटाइएको हो ।
मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय ७० र डिजेल/मट्टीतेल प्रतिलिटर एक सय ६० रुपैयाँ पर्नेछ । नयाँ मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ ।
आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेको छ । तर निगमले ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ ।
हाल ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ छ । यो मूल्यमा बिक्री गर्दा निगमलाई प्रतिलिसिन्डर ३ सय रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution