पोखरा । रौतहटको गौरबाट पोखरा आउँदै गरेको यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारत मोतिहारीका ३७ वर्षीय गौरी दास रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारका लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।
डीएसपी भण्डारीका अनुसार सो दुर्घटनामा ट्रक चालक वीरगन्ज–२३ का ३३ वर्षीय हाकिम मिया, यात्रुहरु सर्लाहीको बरहथवा मिलनचोककी २५ वर्षीया पूजा गुप्ता, भारत सीतामढी रामनगराका ३२ वर्षीय अम्बरनाथ कुमार र भारत विहार मजापुरका ३९ वर्षीयी रीता गुप्ता घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बस मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नं. ६ जलबिरेस्थित रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।
डीएसपी भण्डारीका अनुसार ग१ख ८५२४ नम्बरको बस चक्का पञ्चर भई बाटो छेउमा रोकी राखेको ना६ख ३२८० नम्बरको ट्रकसँग ठोक्किएको हो ।
बस चालक नवलपरासी(सुस्तापुर्व) कावासोती-१४ का ३९ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution