पोखरा । पोखराका वातावरण संरक्षणकर्मी सुनिल उलकलाई यस वर्षको सम्पदा संरक्षण सम्मान प्रदान गरिने भएको छ ।
नागरिक समाज कास्कीले विश्व सम्पदा दिवसका अवसर पारेर वैशाख ६ गते उलकलाई सम्मान गर्ने जनाएको छ ।
समाजका संस्थापक अध्यक्ष रामबहादुर पौडेल संयोजक रहेको प्रतिभा छनोट समितिले उलकलाई सम्मान गर्नका लागि सिफारिस गरेका थियो ।
छनोट समितिमा दुर्गाकुमारी शर्मा, शोभा श्रेष्ठ, सदस्य थिए भने नागरिक समाज कास्कीका संयोजक नरेन्द्र लालचन र प्रवक्ता गोकुलबहादुर कार्की पदेन सदस्य थिए ।
उलकले पोखराका पुराना धारा, मठ/मन्दिर, पाटी/पौवा, गुम्बा, मस्जिद, चौतारा, पाटन/चौर लगायत बजारका बारेमा अन्वेषण तथा अभिलेखीकरण गर्दै आएका छन् ।
साथै उनले ऐतिहासिक बालधारा संरक्षण एवं पुनर्निर्माणमा विशेष योगदान पुर्याउँदै आएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution