दीपक मनाङेको नाटकीय भूमिकासँगै मुख्यमन्त्रीमा खगराजको दावी

पोखरा । स्वतन्त्र भनिएका राजीव गुरुङ अर्थात दीपक मनाङेले नाटकीय भूमिका खेलेपछि नेकपा एमाले नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दावी गरेका छन् ।

योसँगै खगराजको पक्षमा ३१ सांसख टुपुक्क पुग्ने भएको छ । अहिले एमालेसँग २२, माओवादी केन्द्रसँग सभामुखसहित आठ सांसद छन् । सभामुख कृष्ण धितालले पनि खगराजलाई नै समर्थन गर्ने भएका छन् ।

सांसद मनाङे र सभामुख धिताल र माओवादी नेता हरिबहादुर चुमानसहित प्रदेश प्रमुख लेखराज भट्टको कार्यालय पुगेर नेता अधिकारीले मुख्यमन्त्रीमा दावी पेस गरे ।

यसअघि एकीकृत समाजवादी त्यागेर वर्तमान सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा सहभागी मनाङे अहिले फेरी सत्ता गठवन्धनको कित्तामा उभिन पुगेका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् ।

गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले चैत २७ गते दिउँसो ३ बजेसम्मका लागि समयसीमा दिएका छन् । अधिकारीको विपक्षमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्र पार्टी भने प्रदेश सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा अनिर्णित छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button