तनहुँको आँबुमा युवाबीच झडप, एक जनाको मृत्यु

तनहुँ । तनहुँमा युवाबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका वडा नं. ३ सिलिङका १८ वर्षीय अमन गुरुङ छन् ।

आँबुखैरेनी गाउँपालिका वडा नं ३ आँबुगाउँमा गएराति ९ बजेतिर सो घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार आँबुगाउँस्थित चौतारामा सँगै बसेर खाजा खाइरहेको अवस्थामा विवाद भएको थियो । सोही विवामा धकेलाधकेल हुँदा चौताराको डिलबाट खस्दा गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा संलग्न रहेका सात जनालाई प्रहरीले नियन्त्रणमा लिइएको तनहुँका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिए ।

पक्राउ परेका सातै जनाबिरुद्ध हत्यासम्बन्धी मुद्दामा म्याद लिएर थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button