पोखरा न्यूज । पोखरामा बिहीबार बिहान थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगर वडा नं ९ का अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कर्यालयमा कार्यरत ४२ वर्षीय पुरुष तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षणका लागि आएका पोखरा १० का ३२ र ३४ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको हो ।
यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ८२ पुगेको छ ।