पृथ्बीचोकको बसपार्क क्षेत्रमा ३ करोड लागतमा बाँस्तोला कम्प्लेक्स

पोखरा –

पोखराको पृथ्बीचोक बसपार्क क्षेत्रमा यही असोज १८ गते देखि बाँस्तोला कम्प्लेक्स संचालनमा आउने भएको छ ।

वाँस्तोला कम्प्लेक्सका संचालक मध्यका एक माधव वास्तोलाले आफुहरुले टिकाराम वास्तोलाको निजी जग्गामा ६ रोपनी ४ आना क्षेत्रफलमा करीब ३ करोड लगानी गरेर उक्त कम्प्लेक्स संचालन गर्न लागेको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन ।

bastola-complex

उनले भने “ यो कुनै सार्वजनीक जग्गा होईन तर पोखरामा वसपार्क निमार्ण हुने नितीगत निर्णय भएर काम सुरु भएको १५ दिन भित्रमा हामीले सवै कम्प्लेक्स उठाउन तयार छौं ।” करीब २५ करोडको व्यवसायीक लगानी भएको उक्त कम्प्लेक्समा ३ सय २० वटा सटरहरु अत्याधुनिक सुविधा सम्पन्न भएको वाँस्तोलाले जानकारी गराए । उक्त कम्प्लेक्सको यही असोज १८ गते उद्घाटन हुने भएको छ । त्यसै गरी नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभदिपावालीको अवसरमा सस्तो, गुणस्तरीय, भरपर्दो बजार, बाँस्तोला कम्प्लेक्स भन्ने मुल नाराका साथ सस्तो व्यापार मेला एवं लोहोरी धमाका हुने भएको संचालक बाँस्तोलाले बताए ।

bastola-complex-3

यसै बिच, पोखरा उपत्यका नगर विकास समितिले पोखरा बस पार्कको लागि भन्दै रोक्का गरेको पोखरा वसपार्क क्षेत्रको जग्गामा बाँस्तोला कम्प्लेक्स निमार्ण भएको हो । पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले वसपार्क क्षेत्रमा हाल निमार्ण हुदै गरेको बाँस्तोला कम्प्लेक्स समितिको निर्णय विपरित निमार्ण भएको बताए । समिति र पोखरा उपमहानगरपालीका कार्यालयले संयुक्त रुपमा समेत सुचना जारी गरी वसपार्क निमार्ण हुने सो क्षेत्रमा कुनै पनि भौतिक संरचनाहरु नवनाउन सुचना जारी गरे पनि त्यसको वेवास्ता गर्दै हटेर गर्ने उपर कार्रवाही अघि बढाउने खनालले बताए । उनले भने “समितिको भदौ १६ गते बसेको बोर्डको वैठकले अवैध रुपमा निमार्ण गरेका भौतिक संरचना भत्काउने निर्णय भएको छ, कानुनी केहि प्रकृया अघि बढाएसंगै हामी अब एक्सनमा जादैछौं ।” पोखरामा वसपार्क निमार्ण गर्न समितिसंग बजेट भए पनि दृण ईच्छा शक्ति कमि भएको कारणले गर्दा विगत ४ दशक देखि वसपार्क निमार्ण हुन सकेको छैन । हाल २ सय ५ रोपनी क्षेत्रफलमा वसपार्क निमार्ण हुने चर्चा चले पनि हाल कुनै काम अघि बढेको छैन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button