सहारा एकेडेमी अक्षयकोषमा विदेशबाट रकम आउने क्रम जारी

पोखरा –

पोखराको सहारा क्लवद्धारा संचालीत एकेडेमीको अक्षयकोषमा विदेशबाट आर्थिक रकम आउने क्रम जारी रहेको छ ।

पछिल्लो क्रममा सहारा यु.के.का सदस्य महेन्द्र गुरुङ्ग तथा उनको परिवारजनबाट ५१ हजार १ सय ५१ सहयोग रकम प्राप्त भएको हो । कठिन परिस्थिति र विपन्नवर्गका बालकहरुको भरणपोषको लागि उक्त अक्षयकोषमा पोखरा –८ नागढुङ्गा घरभई हाल बेलायत रहेका गुरुङ परिवारले एकेडेमी परिसरको अवलोकन गरेपश्चात उक्त रकम क्लवलाई हस्तान्तरण गरेका हुन ।

सो अवसरमा एकेडेमीमा आश्रित बालकहरुलाई गुरुङ परिवारजनले फलफुल समेत वितरण गरेको महासचिव केशवराज बरालले बताए । उक्त अवसरमा वेलायत वस्दै आएका नरेश गुरुङ्ग,कृष्णा गुरुङ्ग,बलराम थापामगर,सुर्य थापा, योगेन्द्र गुरुङ्ग समेतको टिमले एकेडेमीको अवलोकन गरे । क्लवद्धारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा हाल १६ जिल्लाका २८ जना बालकहरु रहेको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । विभिन्न दाताहरुले दिएको सहयोगबाटै क्लवले उनीहरुको निशुल्क शिक्षा दिक्षा,स्वास्थ्य,फुटबल प्रशिक्षण लगायत भरणपोषण गर्दै आएको छ । आत्म साक्षी राखि मन वचन र कर्मले सामाजिक सेवा गरौं भन्ने नाराका साथ २०५५ सालमा स्थापना भएको क्लवको शाखा हाल वेलायत, हङकङ हुदै अस्ट्रेलियासम्म पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button