पोखराको हङकङ बजारमा आगलागी : २९ सटर जलेर ध्वस्त, करीब ५ करोडको क्षति

पोखरा २५ –
पोखराको पृथ्बीचोक स्थित हङकङ बजारमा गएराति आगलागी हुदा करीब ५ करोड मुल्य बराबरको क्षति भएको छ। बुधबार राति करीब १०ः२० बजेको समयमा आगलागी हुदा उक्त बजारमा रहेका २९ वटा सटरहरु सहित आसपासका केहि पसल र बजारको संरचना सहित गरी करीब ५ करोड मुल्य बराबरको क्षति भएको हङकङ बजार संचालक मिलन प्रसाद तिवारीले बताए।

fire-5बिधुत सर्ट भएर आगलागी भएको हुन सक्ने बताएका तिवारीले आगोलागि हुदा समयमै आगोलाई नियन्त्रणमा लिन नसक्दा धेरै क्षति हुन पुगेको बताए । उनले भने “दमकल रहेको क्षेत्र बजार देखि दुई सय मिटर भन्दा पनि नजिक रहेर पनि समयमै खवर गर्दा दमकल ढिलो आउनु र पानीको समयमै व्यबस्थापन गर्न नसक्दा पनि बजारमा आगो लागि हुदा धेरै क्षेति हुन पुगेको हो ।” पोखराका बजारमा फुटपातमा अव्यबस्थित ढंगले बजारमा छरीयर रहेका फुटपाते व्यावसायीहरुलाई नगरपालीकाको सहकार्यमा हङकङ बजामा आफुहरुले ४ बर्ष देखि व्यवस्थित पारेकोले पिडित भएका व्यवसायीहरुको लागि नगरपालीकाले उचित क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने उनले माग गरे । बजार भित्रको सजिसजावटले सवै भन्दा बढी आकषर्ण रहेको व्लक नम्बर ख को ९५ नम्बर सटर देखि १ सय २३ नम्बरका सवै सटर सहित त्यहाँ संचालन भएका विभिन्न पसलहरु आगोलागिका कारणले गर्दा पुर्ण ध्वस्त भएको संचालक तिवारीले जनाए । २९ वटा सटरहरु रहेको व्लक सहित आसपासमा रहेका केहि पसलहरुमा आशिक क्षति भएको उनले बताए ।

fire-4पोखरा उपमहानगरपालीका कार्यालयको दुई वटा दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयहरुको सहयोगमा गएराति बेलुका २ बजेमा मात्र आगो नियन्त्रणमा आएको बजारका एक व्यावसाय सोमलाल विश्वकर्माले बताए । दमकल आउन ढिलो भएको कारणले गर्दा पनि आफुहरुको पसलमा क्षति भएको उनले गुनासो गरे। आगलागी भएको आधा घण्टामा दमकल आए पनि पानी बोक्ने ट्याङकरको समस्याले गर्दा आगोलाई नियन्त्रणमा लिन ढिलाई भएको कारणले गर्दा बढी क्षेति हुन पुगेको राजकुमार लामाले गुनासो गरे । लामा सिडी सपका संचालक समेत रहेका लामाले भने “ ऋण धन गरी फुटपातबाट हामीले वल्ल तल्ल व्यवसायलाई व्यबस्थित पार्दै थियौं, करीब १२ लाख लगानीको मेरो पसल आगो लागि भएर पुर्ण क्षति भएको छ ।” लामाको ८२ हजार रुपैया नगद समेत जलेको उनले जनाए । उनले भने “ फुटपातबाट आएका साना व्यावसायीहरु भएको हुनाले हामीले उनीहरुलाई व्यबस्थित पार्दै जाने क्रममा हालसम्म विमा पनि गर्न भ्याएका थिएनौं, अब उनीहरुलाई पोखरा उपमहानगरपालीका कार्यालयले हेर्नुपर्दछ, नगरपालीकासंग समन्वय गरी हामीले उनीहरुलाई यहाँ व्यबस्थित पारेका हौं। ” बजारका संरक्षक राजकुमार सुवेदीले आगलागि भएका पिडितलाई राज्यले क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन । बजारमा साना ठुला गरी ७ लाख देखि १५ लाख रुपैयासम्म लगानी गरेका पसलहरुको पुर्ण क्षति भएको उनले जनाए ।

fire-3

तस्बिर – डी.एन.बी. 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button