धादिङको गजुरीमा बम जस्तो संकास्पद बस्तु फेला

पोखरा न्युज , २२ वैशाख ।

धादिङको गजुरीमा बम जस्तो शंकास्पद बस्तु फेला परेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत गजुरीको सोटी खोलाको पुलमा बम जस्तो शंकास्पद बस्तु फेला परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमिल्सिनाले  जानकारी दिए । सर्बसाधारणलाई तर्साउनको लागी सकेट बमजस्तो  बनाइ नक्कली बम राखिएको र त्यसलाई  नेपाली सेनाको बम डिस्पोजल टोलीले ‘डिस्पोज‘ गरिसकेको तिमिल्सिनाले पोखरा न्युजलाई बताए  ।

सडकमा शंकास्पद वस्तु फेला परेपछि बम राखिएको भन्दै सो क्षेत्र मा सन्त्रास फैलिएको थियो। यातायात व्यवसायीको हडताल र बन्दको हल्लाका बाबजुद फाटफुट रुपमा चलेका सवारी साधन शंकास्पद वस्तु फेला परेपछि रोकिएका थिए। शंकास्पद बस्तु (नक्कली बम)को डिस्पोज पछी यातायात सुचारु भएको तिमिल्सिनाले बताएका छन् ।

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको भनिएको बन्दका क्रममा उक्त घटना भएको हो । यसअघि आजै कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक आज बम विस्फोट भएको छ । घटनाबाट मानबिय क्षति भने भएको छैन ।

तस्बिर : समिर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button