‘शिक्षामा बजेट घट्ने क्रमको अन्त्य’

पोखरा न्यूज -१५, जेठ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रको बजेट घट्ने क्रम अन्त्य भएको बताएका छन्।

अर्थमन्त्रीले आज संघीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले समग्र आर्थिक स्थिति कमजोर रहेको स्थितिमा शिक्षामा थोरै भएपनि वृद्धि भएको बताए ।

उनले केही नयाँ विश्वविद्यालय खुल्ने र सञ्चार प्रविधिका सेवा विद्यालयमा दिने हिसाबले अन्य मन्त्रालयबाट पनि कार्यक्रम आएकाले शिक्षा बजेटको प्रतिशत निकाल्दा समग्र मूल्याकंन गर्नुपर्ने बताए । आगामी आवका लागि शिक्षा मन्त्रालयका लागि रु एक खर्ब ३५ अर्ब बजेट विनियोजन गरिएको छ । गत आवमा रु एक अर्ब २६ अर्ब बजेट शिक्षा क्षेत्रमा विनियोजन गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button