र्‍याफ्टिङ्गमा भाग लिन जाने टोलीलाई बिदाइ

पोखरा न्यूज -०८, असार।

चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय र्‍याफ्टिङ्ग प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ ।

चीन सरकारको आयोजनामा आगामी जुन २६ देखि जुलाई १ सम्म हुन लागेको अन्तर्राष्ट्रिय र्‍याफ्टिङ्ग प्रतियोगितामा भाग लिन जाने टोलीलाई आज नेपाल र्‍याफ्टिङ्ग एण्ड क्यानोइङ एशोसिएसनका अध्यक्ष मानबहादुुर न्यौपानेले बिदाइ गरे ।

उक्त प्रतियोगितामा नेपालबाट पर्यटन विभागका उपमहानिर्देशक पोषनाथ अधिकारी, नेपाल र्‍याफ्टिङ्ग एशोसिएसनका अध्यक्ष निमबहादुर मगर, महासचिव शिव अधिकारी र खेलाडी लीलाबहादुर गुरुङ, जीवन मगर, प्रदीप मगर र सुनिल गुरुङ सहभागी छन् ।

नेपालसहित २० देशका खेलाडीको सहभागिता रहने उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार डलर पाउनेछन् । उक्त प्रतियोगितामा र्‍याफ्टिङ्ग सम्ब न्धित २० खेल हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button