डिजिटल स्टार रेकर्डिङ स्टुडियाेमा चौबीसवटा तीज गीत रेकर्ड

राजाराम पौडेल । डिजिटल स्टार रेकर्डिङ स्टुडियो पोखरामा यसपालीको तीज लक्षित २४ वटा गीत रेकर्ड भएका छन् । स्टुडियोका सञ्चालक तारानाथ आचार्यले आफ्नो स्टुडियोमा यसपाली २४ वटा तीज गीत रेकर्ड गरिएको पोखरा न्यूजलाई जानकारी दिनुभयो ।

एक सिजनमा झण्डै ६० वटा तीज गीत रेकर्ड गरेको इतिहास उहाँसँग रहेको भएपनि कोरोना कहरको यो समयमा २४ वटा गीत रेकर्ड हुनु सुखदनै मान्नुपर्ने उहाँले बताउनुभयो । २४ वटा गीत मध्ये ४ वटा गीत तहाँ रेर्कड मात्र भएका हुन् । बाँकी २० वटा गीत एरेन्ज तथा रेकर्ड गरिएको हो ।

तहाँ एरेन्ज सहित रेकर्ड भएका गीतमा गोबिन्द चापागाईं र रुपा वडाको रातो सारी, तारा पौडेल र सन्तोष आरडीको लैजा चरी सन्देश, बिष्णु खत्रीको मुग्लिन, निशा क्षेत्री निशानाको माइती देश, सुनिता तिवारीको जाम न ओइ, ईश्वर सिंह, माया गुरुङ र अनिता पन्तको टेलीफोन, नबराज अधिकारी र सरला अधिकारीको टुहुरो, गोविन्द पौडेलको बाटैमा भाइरस–२, नकुल ढकालको महारानीको माइत यात्रा छन् ।

यसैगरी ध्रुब जिसीको तीजको लखेटो, सन्तोष क्षेत्री र सुबास खत्रीको नाचम न केटा हो, तारानाथ आचार्यको नारी, माया गिरी र रामजी पौडेलको फाटेको पछ्यौरी, सुरेन्द्र खत्रीको दिदी भाइ, नारायण भट्टराईको टिकटक काण्ड–३, सरस्वती लामिछाने र शिव अखेलीको आमा, शंकर शर्माको सिन्दुर पोते, सुन्दर परियार र पुर्णकला बिसीको आइफोन किन्देउ, प्रेम बरालको गोजीमा गाठ भाको, नारायण भट्टराईको सौता समेत डिजिटल स्टार रेकर्डिङ स्टुडियामा एरेन्ज तथा रेकर्ड गरेका गीत हुन् ।

केवल रेकर्ड गरेका गीतमा रिना केसीको आमा, पशुपति शर्माका २ वटा गीत र कृष्ण भट्टराईको बानी नराम्रो रहेका छन् ।

एउटा गीत रेकर्डिङ गर्दा २५ हजार रुपैयाँ खर्च हुन्छ । भिडियो सहितको गीत तयार पार्न भने कलाकार तथा भिडियो निर्माण टिम अनुसार खर्च लाग्ने भिडियो निर्देशक समेत रहनुभएका स्टुडियोमा सञ्चालक तारानाथ आचार्यले खुलाउनुभयो ।

‘एउटा गीत रेकर्डिङ गर्दा पच्चिस हजार खर्च लाग्छ । गीतको भिडियो समेत तयार गर्दा कलाकार अनुसार फरक रेट हुन्छ । गीत गरेर राम्रो चल्यो भने भिउज मार्फत आउने आम्दानीनै लगानीकर्ताको कमाइ हुन्छ । यस्तोमा केही गीतको लगानी उठ्छ भने केही गीतको लगानी उठ्दैन’ उहाँले भन्नुभयो ।

कोरोना कहरका कारण लामो समयसम्म ठप्प बनेका रेकर्डिङ स्टुडियोलाई तीजको अवसरमा केही गीत रेकर्ड हुँदा राहत भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button