
पोखरा ११,पुष-
सहारा एकेडेमीको फुटवल खेल मैदानमा शनिबार भएको मैत्रिपुर्ण फुटवल खेलमा प्रशासनको टिम विजयी भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल अञ्चल कार्यसमिति गण्डकीले आयोजना गरेको उक्त मैत्रिपुर्ण फुटवल खेलको फाईनल खेलमा नेपाल पत्रकार महासंघ कास्की शाखालाई ६–१ को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
प्रशासनको तर्फबाट नेपाल आर्मीका युवा खेलाडीहरु परिचालन गरीएको थियो भने सेमिफाईनल तथा क्वाटरफाइलमा प्रशासनिक निकायका उच्च पदस्थका पदाधिकारीहरु मैदानमा उत्र्रिए पनि पत्रकारसंगको फाईनल खेलमा भने उत्र्रिएनन । प्रशासनको तर्फबाट फुलवारी व्यारेकका विजय श्रेष्ठ र सन्तोस गुरुङले दुई÷दुई त्यसै गरी तेज बहादुर थाम र तेज बहादुर सोडारीले एक एक गोल गरेका हुन । पत्रकारको तर्फबाट भने सुरेन कुमार शुशिलले एक गोल गरे ।
प्रशासनको टोलीले पहिलो खेलमा सहारा क्लवको टोलीलाई ७–२ को गोल अन्तरले राराजित गरेको थियो भने सेमिफाईनलमा राष्ट्रिय दोहोरी गित प्रतिष्ठानको राष्ट्रिय टोलीलाई २–१ को गोल अन्तरले पराजित गरी फाईनलमा यात्रा बनाएको थियो । पत्रकार महासंघको नेतृत्वमा मैदानमा उत्र्रिएको पत्रकारको टोलीले आयोजक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल अञ्चल कार्यसमिति गण्डकीलाई ४–२ को गोल अन्तरले पराजित गरी फाईनलमा यात्रा बनाएको थियो ।
मैत्रिपुर्ण फुटवल खेलको उद्घाटन पश्चिमाञ्चल क्षेत्रिय प्रशासक केदार बहादुर अधिकारीले गरेका थिए । विजयी खेलाडहरुलाइ समापन समारोहका प्रमुख आमन्त्रीत व्यक्ति कास्कीका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनाली, सहारा क्लवका अध्यक्ष विरभद्र आचार्य, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, चर्चीत लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने लगायतले वितरण गरेका थिए । कार्यक्रममा गायक बद्री पंगेनीले मिल केपी, प्रचण्ड, शुसिल दाई एकताको खाँचो छ भन्ने बोलको गित प्रस्तुत गरेका थिए ।
सवैै संघ संस्थाहरुसंग भाईचाराको सम्वन्ध प्रगाढ पार्दै १४ औं संस्करणको आहा रारा गोल्ड कपको पुर्व अवसरमा उक्त मैत्रिपुर्ण फुटवल खेल सहित दोविल्लामा वनभोज कार्यक्रमको समेत आयोजना गरीएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल अञ्चल कार्यसमिति गण्डकीका अध्यक्ष जिवन दाहालले बताए । प्रशासनीक निकायका उच्च पदस्थका व्यक्ति देखि विभिन्न संघसंस्थाका पदाधिकारी सहित स्थानीयको बाक्लो उपस्थीतीमा संचालन भएको मैत्रिपुर्ण फुटवल खेलले यस पालीको आहा रारा गोल्ड कप अझ बढी भब्य हुने संकेत देखिएको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले विश्वास व्यक्त गरे। उनका अनुसार ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ आउदो माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा आहा रारा गोल्ड कप हुदै छ ।