बिना इजाजत डेन्टल सञ्चालन गर्ने पक्राउ

भोजपुर, २७ जेठ –

भोजपुर सदरमुकाममा बिना इजाजत डेन्टल क्लिनिक सञ्चालन गर्ने सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सदरमुकाममा सञ्चालनमा रहेको ओम सिद्धि विनायक डेन्टल केयरका संचालक सप्तरीको पोर्ताहा–३ घर भएका २४ वर्षीय सन्तोषकुमार रोहितालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरी सार्वजनिक गरेको हो ।

भोजपुर नगरपालिका–७ बंैकरोड र भोजपुर जिल्लाका विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालन गरी बिना इजाजत अवैधरुपमा ओम सिद्धि विनायक डेन्टल केयर सञ्चालन गरी स्थानीय मानिसलाई भ्रममा पारेकाले निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाँतसम्बन्धी कुनै पनि कोर्स नगरी डेन्टल हाइजिनिस्ट (डिएच) भन्दै स्थानीय मानिसको स्वास्थ्यमा लापरबाहीपूर्वक ठगी गरिरहेको सूचनाका आधारमा सन्तोषलाई गत सोमबार पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । निज सन्तोषकुमार रोहितालाई ठगी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button