बजेट अभावमा औषधि खरिद भएन

पाँचथर, २९ जेठ –

पाँचथरमा रहेका आयुर्वेद उपचार केन्द्रमा बिरामीको चापअनुसारको औषधि खरिद गर्न नसक्दा औषधि वितरणमा समस्या भएको छ ।

पाँच वटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको मात्रा कम भएकाले बिरामीले मागअनुसारको औषधि पाउन नसकेका हुन् ।

अहिले प्राप्त औषधि दैनिक उपचारमा आउने १५ जना बिरामीलाई वितरण गरेमा तीन महिना पनि नपुग्ने भएकाले वर्षभरि पुरयाउने गरी बिरामीलाई औषधि प्रदान गर्दै आएको जिल्ला आयुर्वेद औषधालय पाँचथरका प्रमुख मुरलीप्रसाद साहले बताउनुभयो ।

बिरामीको चाप दोब्बर भए पनि सरकारले औषधि खरिदका लागि बजेट वृद्धि नगर्दा आवश्यकताअनुसार औषधि नपाएको साहको भनाइ छ । निःशुल्क रुपमा आयुर्वेद पद्धतिको उपचार र औषधि पाउने भएपछि ग्यास्टिक, उच्च रक्तचाप र बाथ रोगका बिरामीले आयुर्वेद औषधालयमा उपचार गराउँदै आएका छन् ।

आङ्साराङ्ग, फाक्तेप, मौवा, लुङ्रुपा, चिलिङ्दिन र फिदिम नगरपालिका स्थापना भएका आयुर्वेद केन्द्रले गत आवमा १० हजार ९०० दीर्घरोगीले उपचार गराएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button