अन्तर्राष्ट्रिय उपाधि विजेता मीरा राईलाई नागरिक अभिनन्दन

पोखरा-

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेसनल जोग्राफीले विश्वका साहसिक खेलका खेलाडीहरु विच प्रतिस्पर्धा गराएको अनलाईन भोटिङमा ‘एडभेन्चरर अफ दि इयर–२०१७’ को उपाधि जितेकी मीरा राईलाई काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको छ ।

छोटो समयमै अल्ट्रा÷ट्रेल रेसमा विश्वमै चर्चित खेलाडीको रुपमा आफुलाई स्थापित गर्दै आएकी मीरा राईलाई वी विल राईज (हामी उठ्ने छौं) फाउण्डेसनले एक कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरेको हो । उनलाई उक्त उपाधि दिलाउन हामी उठ्ने छौं अभियानले विश्वब्यापी रुपमा छरिएर रहेका नेपालीहरुलाई मीरा राईलाई मतदान गर्न विशेष अभियान संचालन गरेको थियो । यसैगरी हङकङमा बसोवास गर्ने नेपालीहरुले मीरा राई जिताऔं अभियान संचालन गरेर उनको पक्षमा जनमत तयार पारेको थियो ।

अभिनन्दन गर्ने क्रममा मीरा राईलाई गायिका कोमल वली, अभिनेता÷उद्घोषक दिनेश डिसी, गायक आनन्द कार्की, सौन्दर्यविद् सिता पाठक, संचारकर्मी प्रभात रिमाल, खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्य, किर्तिमानी पर्वतारोही फूर्वा तेन्जिङ शेर्पा, संगितकार राजू सिंह र ब्यवशायिले माला र दोसल्ला लगाइदिएका थिए । यसैगरी हामी उठ्ने छौं फाउण्डेसनका संस्थापक एवं हङकङ तेक्वान्दो एसोसिएसनका मुख्य प्रशिक्षक तुलसी गुरुङ र अभिनेत्री श्वेता खड्काले अभिनन्दन पत्र र नगद ५० हजार रुपैंया प्रदान गरेका थिए । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक एवं पूर्व कप्तान राजुकाजी शाक्यले नेपालको झण्डा विश्वभर फैलाउनु भन्ने शुभकामना दिदैं ठुलो आकारको नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।

मीराले आफुलाई मतदान गरेर जिताए पनि यो सफलताको श्रेय सबै नेपालीहरुको भएको र यो सम्मानले आफुलाई खेलमार्फत् राष्ट्रको इज्जत बढाउने जिम्मेवारी थपेको बताउदैं मीरा राईले भनिन्– यो खेलमा नेपालले धेरै प्रगती गर्न सक्ने देखेको छु । हाम्रो भौगोलिक अवस्थाले हामीलाई यो खेलमा अझ बढी सफलता दिलाउन सक्छ । यदी कुनै महिला यो खेलमा लाग्न चाहन्छु भनेर आउछन् भने आफु सहयोग गर्न तयार रहेको मीराले बताईन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button