पोखरा न्यूज -२१, जेठ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले इन्डियन आयल कर्पाे रेशन र नेपाल आयल निगमबीच भएको सम्झौता अनुसार मूल्य वृद्धि भएको हो भने ।
सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ ।