पोखरा न्यूज -२५, साउन ।
नेपालका १८ वर्षीय लेग स्पिनर सन्दिप लामिछानेले क्यारेबियन प्रिमियर लिगको आफ्नो डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिएका सन्दिपले व्यक्तिगत उत्कृष्ट खेल देखाए पनि आफ्नो टिमको हार भने टार्न सकेनन् ।
आज बिहानै ४ बजे प्रोभिडेन्स खेल मैदानमा भएको खेलमा लामिछानेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स टिम गुयाना वारियर्ससँग ६ विकेटले पराजित भयो । खेलमा सेन्ट किट्सका कप्तान क्रिश गेलले ८६(६५) रन बनाए पनि विपक्षी टिमका सिम्रन हेट्मायरले ४५ बलमा अविजित ७९ रन बनाएपछी सेन्ट किट्स १६.३ ओभरमै पराजित भयो ।
लामिछानेले आफ्नो कोटाको निर्धारित ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिएर निकै किफायती बलिङ गरे पनि बाकिँ बलरले साथ नदिँदा टिम पराजित हुन पुग्यो । पहिलो तीन ओभरमै तीन विकेट गुमाए पनि लक्ष्य १४७ रनको मात्र हुँदा गुयानाले सहज जीत हात पार्यो ।